शुक्रबार, चैत्र १६, २०८०

पुनर्निर्माण सम्बन्धी विद्येक उपर छलफलका लागि व्यवस्थापिका संसदको बैठक आज बस्दै

काठमाडौं मार्ग २७, व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज बस्ने वैठकमा मुलत भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण सम्बन्धी प्रसंगमा केन्द्रीत हुँने संसद सचिवालयले जनाएको छ । यसअघि दलहरुबीच देखिएको वैचारिक विचलनका कारण प्रस्तुत विद्येक उपर कुनै छलफल हुँने वातावरण बन्न prime-Minister-election-in-nepal-300x201सकिरहेको थिएन । विधेयक उपर छलफल र पारित नहुँदा भूकम्पको ८ महिना बित्न लागे पनि प्रभावितहरुका विषयमा कुनै काम अघि बढेको छैन । अझैपनि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले संविधान संसोधन विधेयक र पुनर्निमाण विधेयक एकै साथ प्रवेश गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

आन्दोलनरत मधेसी मोर्चाले भने विधेयकमाथि अवरोध नगर्ने यसअघि बताइसकेको छ । यसैवीच विधायन समितिको बैठकमा कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको थियो । तर, कांग्रेसले त्यसपछि संसोधन विधेयक र पुनर्निमाण विधेयक एकै साथ प्रवेश गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । यसअघि विधायन समितिमा नेपाली कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको थियो । तर, कांग्रेसले त्यसपछि अचानक संसद अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा अवरोध नभए विधेयक पेस गर्ने संसद सचिवालयले जनाएको छ ।