शुक्रबार, चैत्र १६, २०८०

पत्रकार झालाई इन्सेकको पत्रकार सुरक्षा कोषबाट आर्थिक सहयोग

काठमाडौं पौष १४, समाचार सङ्कलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार कान्तिपुरकर्मी अवधेशकुमार झालाई इन्सेक Captureक्षेत्रीय कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । केहि दिन अघि विराटनगरको महावीर चौकमा मधेसी मोर्चाको जुलुसको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार झालाई अनौपचारिक क्षेत्र सेवा केन्द इन्सेकले स्थापना गरेको पत्रकार सुरक्षा कोषबाट सोमवार रु १५ हजार आर्थिक सहयोग गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै इन्सेकल नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष महेन्द्र विष्ट, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलावल्लभ घिमिरे र मानव अधिकारकर्मी दिपेन न्यौपानेसहितको टोलीले घरमै स्वास्थ्यलाभ गरिरहेका पत्रकार झालाइ उक्र सहयोग रकम हस्तान्तरण गरेको उल्लेख गरिएको छ । को अवस्थाबारे सोमबार जानकारी लिएको छ ।