बुधबार, बैशाख १२, २०८१

पत्रकारलाई गोली ठोक्ने धम्की दिदै सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीको महासंघ र नेपाल प्रेस युनियनद्दारा घोर भत्सर्ना

काठमाडौं पौष ८, नेपाल पत्रकार महासंघले सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको press-realese-dhamki-goli-hanne release_8_pushसमाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुव्र्यवहारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न चुनौतीको सामना गर्दै पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा उल्टो धम्की दिनु आपत्तिजनक भएको भन्दै महासंघले सुरक्षाकर्मीबाटनै भएको यस्तो व्यवहारको भत्र्सना समेत गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिताको वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम मलंगवामा पौष ६ गते आन्दोलनको समाचार संकलन गरिरहेको पत्रकारद्वयलाई फोटो खिच्ने क्रममा सुरक्षाकर्मीले धम्क्याएका महासंघले जनाएको छ ।

यसैवीच नेपाल प्रेस युनियनले पनि सर्लाही शाखाका सदस्य विश्वनाथ ठाकुर र केन्द्रीय प्रतिनिधि ओमप्रकाश ठाकुरलाई तराई मधेशमा भइरहेको आन्दोलनको समाचार संकलनका क्रममा पौष् ६ गतेका दिन सदरमुकाम मलंगवामा सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीको घोर भत्सर्ना गरेको छ ।

प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकारद्धयलाई क्यामेरा फुटाइदिन्छु र गोली ठोक्छु भन्दै सुरक्षाकर्मीबाट गरिएको दुर्व्यवहार र धम्की दिने कार्यको निन्दा गर्दै आन्दोलनमा पत्रकार आफ्नो धर्मवाट च्युत हुन सक्दैन् । प्रतिकुल अबस्थामापनि धर्म निर्वाह गर्नुपर्ने कठिन दायित्व निर्वाह गर्ने पत्रकार माथी सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीको युनियनले आपत्ति जनाउँएको छ ।साथै पत्रकार माथी दुर्व्यवहार र धम्की दिने उपर कारबाही गर्न युनियनले जोडदार माग गरेको छ ।