शुक्रबार, चैत्र १६, २०८०

नेपालका बरिष्ठ नेताहरुसंग विशेष भेटवार्ता भएको भाजपाका वरिष्ठ नेता जोलीको जनाउ

गोबिन्द पोख्रेल /नयाँ दिल्ली , नेपाल भारत सम्बन्ध चिसिदै गएको अवस्थामा भारतीय जनता पार्टीका बरिष्ठ नेता विजय जोली भर्खरै नेपाल भ्रमणपछि दिल्ली आएका छन । भ्रमणको क्रममा नेता जोलीले नेपालका बरिष्ठ नेताहरुसंग विशेष भेटवार्ता गरेको थियो ।

Oli-Joli2 Oli-Joliत्यस्तै भेटवार्ताको क्रममा नेपालमा जारी मधेसी आन्दोलन तथा वर्तमान नेपालको संकट समाधान विषयमा गहन बिचार विमर्श गरेर भारत फर्कर्दै गर्दा दिल्ली स्थित हाम्रा सहकर्मीसंग कुराकानी गर्दै उहाँले प्रधान मन्त्री के पि शर्मा ओली ,कोईराला, माधव नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टिका अध्यक्ष महन्त ठाकुर, अर्थ मन्त्री बिष्णु पौडेल, चान्सलर ललित कला एकेडेमी श्रीमती रागिनी उपाध्याय र मधेशी सांसद डा। डिम्पल कुमारी झा र जंगिलाल रायसँग छुट्टा छुट्टै भेट वार्ता गर्नु भएको र वार्ता ज्यादै सकारात्मक भएको बताउँनु भएको छ ।

साथै नेता जोलीले प्रस्तुत भेटवार्ताको क्रममा प्रम ओली संगको वार्ता जिकिर गर्दै नेपाल कहिल्यै पनी भारतको विरोधी नभएको नेपालका प्रमले बताउँनु भएको प्रसंग उठान गर्दै ४५ मिनट लामो वार्ताको क्रममा सिमानाकामा जारी अवरोध हटाउन उहाँले आग्रह गर्नु भएको जानकारी दिनु भएको छ ।