बिहिबार, बैशाख १३, २०८१

नाकाबन्दीका कारण दैनिक दुई अर्ब नोक्सान:उद्योगमन्त्री पाण्डे

काठमाडौं मार्ग १८, उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक दुई अर्ब नोक्सान भएको DSC08866बताउनुभएको छ । बोष्टर मिडियाको दोश्रो वार्षिकोत्सवको अबसरमा आयोजित अघोषित नाकाबन्दीले उद्योगको अवस्था बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धराशायी भएको यस्तो अभिव्यक्ति दिनु भएको हो ।

‘लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योग नराम्रोसँग प्रभावित भएको जनाउँ दिदै मन्त्री पाण्डेले भन्नुभयो, ‘आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यवहारिक चुनौती पनि उक्तिकै खट्किएको छ ।’ यद्यपी, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकार प्रयासरत् रहेको र यसको लागि भारत तथा मधेसमा आन्दोलनरत् पक्षसँग वातारवण सहज बनाउनका लागि सरकारले निरन्तर कुटनीतिक पहल र छलफल गरिरहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै सांसद् गिता रानाले सरकारको गलत नीति र कार्यक्रमका कारण जनताले दुः ख पाएको टिप्पणी गर्दै भूकम्पले थला परेको वेला मधेश केन्द्रीत दलको आन्दोलनले उद्योगधन्दा थप धराशायी बन्दै गएकामा चिन्ता ब्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तैगरि प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले अघोषित नाकाबन्दीले प्रेस जगत मारमा परेको भन्दै जारी  समस्या छिट्टै सरकारले हल गर्नु पर्ने र सञ्ंचार उद्योग संगै आम जनतालाई समेत अप्ठेरो अवस्था भएकोले कुटनीतिक प्रयासबाटनै हल गर्नु पर्ने धारणा ब्यक्त गर्नुभएको उक्त कार्यक्रममा मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापा राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल) का अध्यक्ष दीपक महत ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन र बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले अघोषित नाकाबन्दीले तराईको अवस्था संगै समग्र देशको यो कठिनाइ घडीमा हामि संचार माध्यमले सहि सूचना सम्प्रेषण गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । ढुंगानाले सरकारी तवरबाट छिटो भन्दा छिटो यो समस्या हल गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।  कार्यक्रममा बोष्टर मिडिया अवार्ड २०१५ मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापालाई प्रदान गरिएको थियो भने विभिन्न क्षेत्रसंग आबद्ध संघसस्था र ब्यक्तिहरु ब्राइट नेपालका पुनम देब ,ग्रिन सिटि हस्पिटलका लोक बहादुर टन्डन ,गायिका सोभा त्रिपाठी ,शान्त शर्मा ,थानेश्वर देबकोटा ,भाईकृष्ण खड्का लगाएतलाई समेत सम्मान गरिएको थियो ।