शुक्रबार, बैशाख ७, २०८१

धान्य मेलाको तयारी पूरा

भक्तपुर पौष ८, भक्तपुर जिल्लाको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १० स्थित अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा आगामी धान्य पूर्णिमामा आयोजना हुने धान्य मेलाको तयारी पूरा भएको छ । यही पौष १० गते धान्यपूर्णिमाका दिन आयोजना हुने धान्य मेलाको सम्पूर्ण e1609d51-7cc1-4ed4-86f6-1b688d80cf6d[1]तयारी पूरा भएको धान्य मेला आयोजक समितिले जनाएको छ ।

श्री अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिका सहअध्यक्ष देवीप्रसाद न्यौपानेका अनुसार धान्यपूर्णिमाको दिन अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा, धानको पर्वत बनाइने, यज्ञ हवन र विशेष पूजा अर्चना गरिने, पितृ उद्धार कार्य गर्ने, रात्री समयमा द्विप तथा सवा लाख द्विप प्रज्ज्वलन गरी अनन्तलिङ्गेश्वर महादेवको आराधना गरी रात्रीमा भजनकिर्तन गर्ने र भोलिपल्ट उदाउँदो सूर्यको मुहुर्तमा प्रज्ज्वलित द्विप नदीमा सेलाई पुनः श्री अनन्तलिङ्गेश्वर महादेवको दर्शन गर्ने व्यवस्था गरिएको छ ।

प्राचीन कालदेखि चल्दै आएको यो मेला हाल केही बर्षयता प्राय बन्द भएको थियो । तर, सबै भक्तजनहरुको सत्इच्छा अनुसार यो प्राचीन कालदेखि चलिआएको धान्यपूर्णिमा मेला पुनः धुमधामका साथ सञ्चालन गर्ने निर्णय भएअनुसार पौष १० गते शुक्रबारका दिन यो मेला अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा सञ्चालन हुने भएको छ समस्त हिन्दूहरुको अति पवित्र तीर्थस्थल आराध्यदेव पशुपतिनाथ मन्दिर भन्दा करिब १३ किलोमिटर दक्षिणपूर्वी कुनामा रहेको भक्तपुर जिल्ला साविक दधिकोट गाविस वडा नं. ४ हाल अनन्तलिङ्गेश्वर 12391303_815530525223747_216043469895085937_n[1]नगरपालिका वडा नं. १० स्थित ऐतिहासिक महत्व बोकेको अनन्तलिङ्गेश्वर महादेव आजभन्दा झण्डै १३०० बर्ष पहिले लिच्छवि राजा नरेन्द्रदेवले जिर्णाेद्धार गर्न लगाएको भन्ने मन्दिर परिसरमा गाडिएको शिलालेखमा उल्लेख भएको तथ्य स्थापित भएको पाइन्छ । उक्त शिलालेखमा उल्लेख भएअनुसार यो महादेवको नाम लोकपाल स्वामि भएको प्रतित हुन्छ । धान्यपूर्णिमा मेलाको नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930