बिहिबार, चैत्र १५, २०८०

दोश्रो चरणको पत्रकार दुर्घटना बीमाको आवेदन आव्हान

काठमाडौं पौष १४, नेपाल सरकार सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूको लागि दोश्रो चरणको पत्रकार दुर्घटना बीमा कार्यक्रम सुरु गरिने भएको छ । दोश्रो चरणको पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि circular 14 pushमहासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा, र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले आ– आ आफ्नो   शाखा तथा संस्था मार्फत निम्नबमोजिमको प्रक्रियागतरुपमा पौष ३० गतेभित्र आवेदन दिन महासंघले आग्रह गरेको छ ।

त्यस्तै दोश्रो चरणको पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका सहभागी हुने पत्रकारहरूले नविकरण भएको प्रेस प्रतिनिधि प्रमाणपत्रको प्रतिलिपि नविकरण भएको महासंघको परिचयपत्रको प्रतिलिपी सहित प्रतिव्यक्ति रु. ८४।७५ समेत संल्गन गरि नाम, ठेगाना, सञ्चार प्रतिष्ठानको नाम, महासंघको सदस्यता नं., जन्म मिति, सम्पर्क नं.,इमेल ठेगाना, इच्छाएको व्यक्तिको नाम सहितको विवरण राखी पठाउनु हुन अनुरोध गरिएको छ ।  यसअघि चालु आ. व. २०७२/०७३ देखि दुर्घटना बीमा गर्ने प्रक्रिया अन्तर्गत पहिलो चरणमा ५५४ जना पत्रकारहरुको दुर्घटना विमा भइसकेको महासंघले जनाएको छ ।