मङ्लबार, बैशाख ११, २०८१

दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्ना गर्नु आवश्यक :प्रम ओली

काठमाडौं पौष ८, नेपाली काँग्रेसका सन्त नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औं  जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रम केपी शर्मा ओलीले राजनीतिक दलले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्ना गर्दै सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताउनुभएको छ ।त्यस्तै कार्यक्रममा नेता भट्टराईको प्रधानमन्त्रीत्वकालमा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन समेत भएको स्मरण गर्दै काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले नेता भट्टराईको जीवनीबारे प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पिएल सिंह लगायतका वक्ताहरुले सन्त नेता भट्टराईको महत्व माथि अभिव्यक्ति दिनु भएको थियो ।  फोटो:  युपी लामिछाने 
12321614_10153810008337329_938473803013383367_n

1353_10153810008072329_1077933924875537348_n11251887_10153810000792329_7131330838726155979_n