बुधबार, बैशाख १२, २०८१

तत्कालीन राजा वीरेन्द्रको सम्झना

काठमाडौ पौष १४, आज पौष १४ अर्थात आज पुस १४ गते , स्वर्गीय राजा बीरेन्द्रको जन्म जयन्ती । विकासवादी र लोकतान्त्रिक राजाका रुपमा स्मरण गर्दै उनका समर्थकहरुले आज बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । नेपाली जनताबीच निकै प्रिय anup_20151229_30 anup_20151229_26 anup_20151229_22

राजाका रुपमा स्थापित तत्कालिन राजा बिरेन्द्रको २०५८ साल जेठ १९ गतेको शुक्रबार नारायणहिटी दरवारभित्र सिङ्गो परिवारको हत्या भएको थियो । वीरेन्द्रको बंशनाश भएसंगै करिव ५ वर्षको अन्तरालमा नेपालबाट करीव २ सय ५० वर्षदेखिको शाहबंशीय राजतन्त्रनै समाप्त गर्दै नेपालमा गणतन्त्रको स्थापना गरियो ।

anup_20151229_18 anup_20151229_13 anup_20151229_12 anup_20151229_5 anup_20151229_1

स्व राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा ललितपुरको जाउलाखेलमा रहेको उनको सालिकमा  योगी नरहरिनाथ ट्रष्ट आध्यामिक परिषदको संयोजनमा   फूलमाला अर्पण र दीपावली कार्यक्रमको आयोजना गर्दै तत्कालीन राजा विरेन्द्रको स्मरण गरिएको थियो । प्रस्तुत कार्यक्रममा शाही पाश्र्ववत्ती जनरल भरतकेशर सिह , पत्रकार एवम् मान चित्र न्यूज डटकमका सम्पादक अस्मिता भण्डारी लगायतका दर्जनौ व्यक्ति विशेषको सहभागीता रहेको थियो भने जनताका खलासी लक्ष्मण खड्काले राजा विरेन्द्रको शालिकमा माल्याअर्पण गर्नु भएको थियो ।