शनिबार, बैशाख ८, २०८१

जिप्रका काठमाडौं द्दारा राजधानीको विभिन्न पसलमा छड्के अनुगमन, विकृत अवस्था भेटिए कारवाही

काठमाडौ पौष १५ ,काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अब नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ । बढ्दो कालोबजारी नियन्त्रण गर्नका लागि एवम् अनियन्त्रीत मूल्यका कारण प्रशाासनले बजार छड्के अनुगमनलाइ तिव्रता दिदै सोमवारबाट प्रस्तुत अभियान सुरु गरेको district-administration-office-kathmanduहो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले का काठमाडौँको बजार अनुगमन गर्न तीन टोली गठन गरी आजबाट अनुगमन सुरु गरी सकिएको जनाउ दिदै गठन गरिएको टोलीमा जिल्ला प्रशासन कार्यालयका उपसचिव, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, नापतौल विभागका प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि, पशु तथा स्वास्थ्य कार्यालयका प्रतिनिधि र सञ्चारकर्मी रहेको जनाउँ दिनु भएको छ ।
यसैक्रममा तीन टोलीले काठमाडौँका विभिन्न स्थानमा रहेको खाद्यान्न, मासु पसल, ग्यास डिपो र पेट्रोलियम पदार्थको बिक्रीवितरणको अनुगमन गरिने तयारी रहेको जानकारी दिनु भएको छ । साथै अनुगनमा क्रममा विकृत अवस्था भेटिए हदैसम्मको कारवाही गरिने प्रशासनले जनाउँदै सोमवार कालीमाटी र कुलेश्वरका खद्यान्न पसल, किराना पसल र मासुजन्य पसल अनुगमन गरेको जानकारी दिएका छन ।

अनुगमनको क्रममा स्थानीय एक दर्जनभन्दा बढी पसलको अनुगमन गर्दा प्रायः सबैले मूल्यसूची नराखेको, तापतौल यन्त्रको नवीकरण नगरेको, म्याद सकिएका सामग्रीको बिक्री वितरण गर्ने गरेको पाइएको थियो ।  कालीमाटीका सूर्य किराना स्टोर, जयसवाल किराना स्टोर, आर एण्ड आर स्टोर्सल, वीणा ट्रेडिङ, श्रेष्ठ किराना पसल, प्रयुश स्टोरलगायतका पसलमा अनुगमन गरिएको जानकारी दिएको छ ।