बिहिबार, बैशाख १३, २०८१

जानकी मन्दिरको घटना छानबिन गर्न समिति गठन, तोडफोड र ढुङ्गामुढा गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौ पौष ६, सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाइ ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन Bibah-panchami-photoदिईएको छ ।

गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य रहेका छन । यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर पुग्दा आगमनलाई मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेको जनाउँदै पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको प्राप्त समाचारमा जनाईएको छ ।