शुक्रबार, चैत्र १६, २०८०

जलेश्वरमा मधेशी मोर्चाद्वारा लाठी जुलुश प्रदर्शन

  पौष १५ महोत्तरी
– मनोज झा मुक्ति
IMG_7449 संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरी सदरमुकाम जलेश्वरमा लाठी जुलुश प्रदर्शन गरेको छ । महोत्तरीको विभिन्न गाउँबाट लठ्ठी सहित आएका आन्दोलनकारीले ओली सरकारको विरुद्धमा नारा लगाउँदै मधेशको माँग सम्बोधन गर्नुपर्ने भनिरहेका थिए । ‘नई देबे मधेश प्रदेश, नईं रहतौ नेपाल देश’का नाराले IMG_7452 जुलुशमा प्रमुख स्थान पाएको थियो । जलेश्वर शिक्षा कार्यालयबाट निस्केको जुलुश बुद्धिजीबी चोक, महेन्द्र चोक, महादेव मन्दिरको परिक्रमा गर्दै पुनः बुद्धिजीबी चोकमा आई समापन भएको थियो । जुलुशमा मोर्चाका स्थानीय नेता, बुद्धिजीबी तथा नागरिक समाजको सहभागिता रहेको थियो ।