मङ्लबार, बैशाख ११, २०८१

जनताको आवास निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता : कार्यकारी अधिकृत ज्ञवाली

काठमाडौ पौष १३,  शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका sushil_gyawaliनवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज पदबहाली गर्दै भूकम्पपीडित जनताको आवास निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

पद बहालीकै क्रममा कार्यकारी अधिकृत ज्ञवालीले भने भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सरोकारवाला सबै मन्त्रालय र निकायसँग समन्वय गरी अघि बढ्ने छु साथै आवश्यक परे पुनःनिर्माणको क्रममा नयाँ योजना बनाउँ समेत पछि नपर्ने अभिव्यक्ति दिनु भएको छ ।