बुधबार, बैशाख १२, २०८१

चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको उपस्थिती महसुस गर्न नपाएको भन्दै सासदहरुद्दारा सरकारको तिव्र आलोचना

काठमाडौ पौष १४, व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप सहित ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका prime-Minister-election-in-nepal-300x201जनताले सरकारको उपस्थिती महसुस गर्न नपाएको बताउँनुभएको छ  ।

त्यस्तै एमाओवादीका श्यामकुमार श्रेष्ठले चिसोका कारण दोलखामा १३ भूकम्पपीडितको मृत्यु भएको बारेमा सदनको ध्यानाकर्षण गराउँदै पीडितलाई सरकारले राहत पु¥याउन नसकेकामा गुनासो गनुभएको छ ।

त्यस्तै नेमकिपाका डिल्लीराज काफ्ले, नेकपा(संयुक्त)का जयदेव जोशी, नेपाल परिवार दलका मिलन राजवंशीले सरकारले जनता र मुलुकप्रति जनाएको प्रतिबद्धता पूरा नगरेको, कालोबजारी बढेको, इन्धनको अभावमा दाउरासमेत दिन नसकेको तथा भूकम्पपीडितलाई नौ महिनासम्म राहत पु¥याउन नसकेकोमा तिव्र आक्रोश व्यक्त गर्नुभएको थियो ।