शुक्रबार, चैत्र १६, २०८०

खानेपानी वितरण प्रणाली सुधारका लागि कामपा र उपत्यका कार्यान्वयन निर्देशनालय १२ बुँदे सम्झौता

काठमाडौ पौष ८. काठमाडौ उपत्यकाको खानेपानी वितरण प्रणालीको सुधारका लागि काठमाडौँ महानगरपालिका र काठमाडाँै उपत्यका कार्यान्वयन निर्देशनालय लिमिटेडबीच आज १२ बुँदै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा महानगरपालिकाको तर्फबाट DSC_0050[1]कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र आयोजना निर्देशक तेजराज भट्टले हस्ताक्षर गर्नुभएको हो ।

 हस्ताक्षर कार्यक्रमलाइ सम्बोधन गर्दै कामपाका कार्यकारी अधिकृत तामाङले खानेपानीका पाइपलाइन विस्तारपछि सडक खाल्टो रहिरहने विद्यमान अवस्था अब नदोहोरिने विश्वास व्यक्त गनुभएको छ । त्यस्तै कार्यकारी अधिकृत तामाङ्गले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौ महानगरपालिका अन्तर्गतका सडकहरुमा खानेपानी पाइपलाइन बिछ्याएपश्चात् सडक पुनः स्थापना गर्ने व्यवस्थाकोलागि महानगरसँग १२ वुँदै सम्झौता गरेपछि प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गले यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै सम्झौतापछि आयोजना निर्देशनालयका निर्देशक तेजराज भट्टले यसअघि भत्काइएका र अब भत्काइने सडकको पुनःनिर्माण तोकिएको समयभित्र सम्पन्न गरिसक्ने जानकारी गराउनुभयो । यसअघि भत्काइएको सडकखण्डमात्र कालोपत्र गरिन्थ्यो अब सडकको पूर्ण चौडाइ कालोपत्र गरिने भएकाले अबका दिनमा जनगुनासो कम हुने भट्टले बताउनुभयो ।

काठमाडौ महानगरपालिका क्षेत्रभित्रका आठ मिटरभन्दा कम चौडाइका सबै सडक काठमाडौँ महानगरपालिकाको कार्यक्षेत्रभित्र परेको हुँदा DSC_0063[1]उक्त सडकमा पाइपलाइन बिछ्याउन आवश्यकताअनुसार कार्य तालिका समेत आयोजना कार्यान्वयन निर्देशनालयले पेस गर्ने छ । सो कार्यतालिकाभित्र कार्य सम्पन्न हुन नसकेमा काठमाडौँ महानगरपालिकाले थप सडक खन्ने कार्य रोक्न सक्नेछ । सडक खन्दा स्थानीयलाई कम अवरोध होस् भन्ने हेतुले सडकको सम्भव भएसम्म एकातर्फबाट मात्र खन्ने र सो खण्डमा पाइप बिछ्याइ हालको सतहसम्म पुर्ने कार्य गरिसकेपश्चात् अर्को खण्डमा सडक खन्ने गरी आयोजना कार्यान्वयन निर्देशनालयले कार्यतालिका बनाउने र सोको जानकारी काठमाडौँ महानगरपालिकालाई दिइने छ । आयोजना कार्यान्वयन निर्देशनालयले लामो समयसम्म सडक अवरुद्ध नहुने गरी पुनःस्थापना समयावधिमा उल्लेखित समय तालिकाभित्र नै गर्ने गराउनेलगायतका बुँदा रहेको छ ।

KMC KULK vMOU-1