बिहिबार, बैशाख ६, २०८१

कानुन न काइदा, ज्युहजुरीमा फाइदा

Captureगौतम डंगोल 

निति नियमको सहि पालना गराउनु पर्ने जिम्मेवार निकाय राष्ट्रिय स्वार्थलाई तिलान्जली दिएर व्यक्तिगत स्वार्थमा लिप्त भएपछि त्यहा“ मेहनत र परिश्रमको कदर हुन छोड्छ र पाउ मोलाई फष्टाउँ थाल्दछ जसले अन्तत समग्र देशलाई तहसनहस बनाएर दरिद्रताको भुमरीमा नराम्ररी फसाईदिन्छ । नियम कानुनलाई लत्याएर सम्पूर्ण प्रशासनिक कामकाज भनसुन, नातावाद, कृपावाद र घुसखोरीबाट निर्दिष्ट हुन थाल्दछ । त्यस अवस्थामा राष्ट्र जतिसुकै स्रोत सम्पन्न भएपनि न त उपलब्ध स्रोत साधनको सहि पहिचान र सहि सदुपयोग हुन सक्दछ न त नयाँ स्रोतको प्रभावकारी उत्खनन् नै हुन सक्दछ । यसको ज्वलन्त उदाहरणको रुपमा छिमेकी मुलुक बंगलादेशलाई देख्न र सुन्न सकिन्छ । समुन्द्री  सीमा, प्रबल व्यापार प्रबर्धनको सम्भावना, अपार दक्ष जनशक्तिको स्रोतको उपलब्धताकावीच पनि राजनैतिक वृत्तमा देखिएको अत्यन्त तिब्र खिचातानी एवम् अत्यन्त विकराल तवरले मौलाएको भ्रष्टाचारले देशका प्रशासक पुर्णत शक्ति आर्जनमा केन्द्रीत  हुँदै शुन्य गति तिर उन्मुख भएको अवस्था छ अहिले बंगलादेशको । उपल्लो तह देखि तल्ला निकाय सम्म मौलाएको भ्रष्टाचारले त्यस देश अधिनस्थ निति, नियम, कानुनी व्यवस्थाको धज्जी उडाइरहेको छ । घुस बिना सामान्य भन्दा सामान्य काम पनि असम्भव प्राय भएको अवस्था छ भने पियनलाई खवाउने बिस रुपैया“ होस या उच्च तहलाई टकराउने लाखौं करोडौंको घुस होस घुसैले मात्र काम हुने अवस्था श्रृजना भएको छ बंगलादेशमा ।

बंगलादेशको प्रशंग उल्लेख गर्दै गर्दा एउटा उखान टुक्काले मनमा ध्याङग्रो थोक्छ । आफ्नो टाउकोमा भैंसी कुडेको नदेख्नेले अर्काको टाउकामा जुम्रा कुडेको खीसी गर्ने भने जस्तो । भौगोलिक हिसाबले भुपरीवेष्ठित सानो मुलुक भइकन पनि अपार जलस्रोतको धनीको दर्जानी पाउँदै जलविद्युत विकासको प्रचुर सम्भाव्यता बोकेको देश हो । त्यसै गरी छोटो दुरीमा महशुस गर्न सकिने प्राकृतिक विविधता अनि सा“स्कृतिक सामाजिक विविधताले पर्यटन प्रबर्धनको ठुलो सम्भाव्यता भएको देश हो नेपाल । आजको नेपालको कुल जनसंख्यामा युवा पुष्टाले ओगटेको अंशले पनि यो देशको तिब्र विकाशको सम्भाव्यतालाई आंकलन गरेको छ ।

तर विडम्बना बत्ती मुनीको अ“ध्यारो भनेझैं आज हामी अन्धकारमा जीउन विवश छौं । जैविक, भौगोलिक तथा सा“स्किृतिक विविधतालाई बैज्ञानिक तथा पर्यटन विकासमा केन्द्रीतकृत गरेर जीव बिज्ञान तथा पर्यटनको उच्चतम विकास हुनु पर्नेमा त्यहि विविधताका आधारमा विभाजीत मानसिकता लिएर बा“चेका छौं हामी । हाम्रा युवा शक्ति खाडि तथा मलेशिया लगायत विभिन्न मलुकमा लाहुरे जीवन व्यतित गरी पसिना चुहाइरहेका छन् र अत्यन्त उच्च कोटिको श्रम कौडिको भाउमा बेच्न विवश छन् । लाचार हाम्रा यवाहरु खाडिको रापमा जलिरहेका छन भने ती युवाले ढाड सेकेर पठाएको विप्रेसनले हाम्रा नेताहरु आआफ्ना पिठ सेक्दैछन् ।

देशमा विद्यमान बेथितिले निति, नियम र कानुनको साटो ज्युगीरीलाई नै अवसरको मार्गदर्शक बनाएपछि ज्युगीरीमा पोख्त नभएका वा भनौं यो देशमा स्थापित ज्युहजुरीको काइदाको फाइदा लिन असफलहरु खाडिको ४० डिग्री सेल्सियस तापक्रममा तालु सेक्न विवश भएका छन् । देशमा कानुनी राज भइदिएको भए, नियम परायणताले प्रधानता पाएको भए सहि प्रतिस्पर्धाको माध्यमबाट वास्तविक योग्यले अवसर पाउँदथे र अन्तत तिनैले यो व्यथितिको अन्त गरी सहि थिति बसाल्दथे । ज्युहजुरीमा दक्षता हासील गरेका मुन्सीहरु पनि मुन्सीगीरी त्यागेर मेहेनत र परीश्रमको बाटो पछ्याउन बाध्य हुन पुग्दथे । अवसर प्राप्तिको माध्यम मुन्सीगीरी होइन बरु मेहेनत र परीश्रम हो भन्ने कुरा युवापिंधिमा स्थापित हुन पुग्दथ्यो । तर आज परीस्थिति बेग्लै छ । स्वाभिमान भन्ने कुरा त गफाडीको गफ र किताबी पानामा सिमित भइ बसेको अवस्था छ । दुखजीलो गरेर, पसिना चुहाएर फल प्राप्त हुन्छ भन्ने कुरा त सैद्धान्तिक सौन्दर्यमा मात्र सिमित भएको छ । गफाडि नेताको गफ अनि किताबी सीद्घान्त भन्दा वस्तुगत यथार्थ विल्कुल भिन्न छ । काम हैन दाम चल्छ यहा“ अनि स्वआर्जन हैन भजन चल्छ यहा“ भन्ने मान्यता व्याप्त छ ।

बिचार जति सबै अचारमा परीणत गरेर सम्पूर्ण प्रशासन संयन्त्र भ्रष्टाचारमा लिप्त छ । जति सुकै किरा परुन् भनेर सरापिउन् भ्रष्टाचारीको मुखमा जीरा अनि सीरा नै परेका छन् किरा भन्दा पनि । बरु भ्रष्टाचारीबाट एउटा यस्तो जालोको श्रृजना गरीएको छ कि यो देशमा जस्तो सुकै आदर्शवान पनि पदमा आसीन हुने बित्तिकै क्षणभरमै पग्लेको वृतान्त हाम्रा सामु यथेष्ट छन् । अथवा एकाध कोहि अपवादका रुपमा देखा परे भने पनि यो भ्रष्टकुण्डबाट कुन बखत पत्तासाफ भएर जान्छन् कसैलाई अत्तो हुन्न । लोभ लालचले ग्रस्त लालचीको थिचोमिचो र अपहेलनामा निष्ठाको व्यापार हुन थाल्दछ र अन्तत कि त टेबल मुनिबाट बेचिन पुग्दछ निष्ठा कि त निरिह भएर डङग्रङ्ग ढल्न पुग्दछ ।

सामान्य परीदृश्यमा पनि ज्युहजरी धेरैका दिनचयौ झैं बनिरहेको छ । गीर्दा गीर्दा तल झर्ने ठाउ“ सकिसकेको हुन्छ तर पनि गीर्न पुगेको हु“दैन मान्छेलाई । नगीरोस कसरी जब उन्नति प्रगतिको ढोकाको सा“चो नै यसैमा छ भने । मान्छेको कार्यक्षमता मापन गर्ने आधार नै ज्युहजुरी भइदिएपछि कानुन र काइदाको धज्जी त उड्ने नै भयो । विवस छौं हामी यहि परीवेशमा जीउन अनि ज्युहजुरी मैं दिन गुजार्न किनकी हाम्रो देशको यहि छ अहिलेको काइदा अनि यसैमा छ फाईदा ।