शनिबार, बैशाख ८, २०८१

काठमाडौं मालपोतका ३ जना नासु सहित कार्यालय सहगोगी रु ५ लाखसहित पक्राउ, जिप्रका पाँचथरमा छापा

काठमाडौ पौष १५,    सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज रु पाँच लाखसहित पक्राउ गरेको छ ।  आयोगले आज जारी  विज्ञप्तिमा   सो कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई सेवाग्राहीसँग Captureरु  लाख घुस रकम लिइरहेको अवस्थामा डिल्लीबजारस्थित क्वालिटी फास्टफुड क्याफेबाट पक्राउ गर्रि   अनुसन्धान कारबाही भइरहेको जनाएको छ ।

कामपा   ८ गुह्ेश्वरीस्थित विभिन्न कित्ताको १३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल यकिन गरी पाउँ भनी दिएको निवेदनउपर नियमानुसार आवश्यक कारबाही नगरी कर्मचारीले सेवाग्राहीसँग घुस माग गरेको आयोगले जनाएको छ ।  यसैवीच   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज दिउँसो छापा मारेको छ । केही दिनअघि राहदानी सिफारिसका लागि पाँचथर रानीटारका अन्जित दर्जीबाट प्रशासनका कर्मचारी सुरेन्द्र दाहालले १० हजार रुपैयाँ लिएर पाँच हजार रुपैयाँको रसिद दिएपछि अख्तियारले कार्यालयमा छापा मारेको हो ।