शनिबार, बैशाख ८, २०८१

काठमाडौं काँग्रेसद्दारा राजधानीमा मधेस आन्दोलन कालाबजारी विरुद्ध वृहत प्रदर्शन

संविधानमा भएका विषयलाई जनतासम्म पु-याउन एमाले नेतृत्वको गठबन्धन सरकार असफल भएको नेता थापाको आरोप

काठमाडौ मार्ग १६, भारतीय नाकाबन्दी र मधेस आन्दोलनको बहानामा मुलुकमा दिन दुइ गुणा र रात चौगुणाको रफ्तारमा लुटको राज गर्न पल्लेका कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि दवाव दिन भन्दै काठमाडौं काँग्रेसले आज राजधानीमा बृहद दवाव र्याली प्रदर्शन गरेको छ । अधिकार, न्याय र _Images_शान्तिको लागि दबाब भन्दै प्रदर्शन गरिएको आजको -याली सहितको सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले मुलुक दिनानुदिन अनिश्चिततातर्फ गइरहेकाले मधेस आन्दोलनको तत्काल सम्बोधन गनुृपर्ने बताउँदनेता थापाले संविधानमा भएका विषयलाई जनतासम्म पु-याउन एमाले नेतृत्वको गठबन्धन सरकार असफल भएको आरोप लगाउँनु भएको छ ।

प्रस्तुत कार्यक्रम काठमाडौं काँग्रेसका सभापतिएवम् सासद मिभसेनदास प्रधान सहित सासदहरु क्रमस  दिपक कुइकेल ,ध्यानगोविन्द रन्जित, राज्यलक्ष्मी श्रेष्ठ लगायतका वक्ताले मधेसको समस्यालाइ सम्बोधन गर्दै उपभोग्य सामग्रीको कालोबजारी नरोकेमा देशव्यापी रुपमै दबाबको कार्यक्रम गर्ने चेतावनी दिनुभएको थियो ।