शनिबार, बैशाख ८, २०८१

काउन्सिलद्वारा ३ दिन भित्र उपस्थित हुन ‘न्युज २४’ टिभीलाई निर्देशन

काठमाडौं पौष २, प्रेस काउन्सिल नेपालले ‘न्युज २४’ टेलिभिजनलाई गत मार्ग २७ बेलुका ९ः०५ बजे प्रसारित ‘उज्यालो’ कार्यक्रम मार्फत प्रसारित सामग्रीले IMG_00311सामाजिक सद्भाव र जातजातिबीचको सुसम्बन्धमा खलल पु¥याएको देखिएकोसामग्रीसहित उपस्थित हुन आज निर्देशन दिएको छ ।

काउन्सिलद्दारा आज प्रकाशित विज्ञप्तिमा ‘न्युज २४’ टेलिभिजनले पत्रकार आचारसंहिता–०६० (संशोधित तथा परिमार्जित–०६४) विपरीत समाचार सामग्री प्रसारण गरेको देखिएको जनाउ दिदै यस्तो निर्देशन सहित ३ दिनभित्र उपस्थित हुन भनेको छ ।