शनिबार, बैशाख ८, २०८१

काँग्रेस र मधेसी मोर्चाबीच मुलुकको पछिल्लो राजनीतिक प्रसंगमा छलफल

काठमाडौ पौष ६, नेपाली काँग्रेस मधेसी मोर्चाबीच आज काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा मुलुकको पछिल्लो Nepali_Congress समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । छलफलको क्रममा मधेस आन्दोलनको प्रसंगमा केन्द्रीत रहेको र आजको छलफलको निरन्तरता मङ्गलबार बिहान पनि जारी रहने बताईएको छ । मधेसको समस्या समाधान गर्ने सवालमा प्रतिपक्षी दल काँग्रेसले पहल गर्ने गर्ने यस अघि गरेको प्रतिवद्धता अनुरुप आजको छलफल भएको वार्तामा सहभागी नेताहरुले बताएका छन ।

आजको छलफलमा काँग्रेसबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवं नेता विमलेन्द्र निधि तथा मोर्चाबाट तराई–मधेस तोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतको सहभागीता रहेको थियो ।