बुधबार, बैशाख १२, २०८१

काँग्रेस र एमाओवादीबीच छलफल, आजै काँग्रेस र मोर्चाबीच त्यस्तैगरि साँझ पुनः काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल हुँने

काठमाडौ पौष ११ संविधान संशोधन एवम् मधेसमा जारी आन्दोलको क्रममा उठेका माग सम्बोधन के कसरी गर्ने भन्ने सवालमा आज व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्ता घटकदल एमाओवादीबीच विशेष छलफल भएको छ । एमाओवादी अध्यक्ष Prachanda_Niwasप्रचण्डको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउँदै मुलुकमा जारी समस्या समाधान गर्ने पक्षमा दुवै पक्ष सहमत भएका छन् ।

त्यस्तै आइतवार बस्ने संसद बैठक अगाडिनै नितिगत सहमति बनाउँदै छलफल गरिनुपर्नेमा पनि नेताहरुवीच छलफलमा भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभएको छ । यसअघि एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याउने पटकपटक छलफल गरिसक्नु भएको छ ।

आजको बैठकमा सहभागी काँग्रेस महामन्त्री प्रकाशमान सिंहकाअनुसार मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल हुँने जनाउँ दिदै आजै अपराह्न ३ बजे काँग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको जानकारी दिनु भएको छ ।