शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल हुँदै

काठमाडौ पौष ११, सत्ता घटकदल एमाओवादी र व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल काँग्रेस बीच आज विहान एमाओवादी अध्यक्ष koirala-niwasप्रचण्डको निवास लाजिम्पाटमा भएको विशेष छलफलको क्रममा मधेस आन्दोलनको क्रममा मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच भएको सहमतिको निष्कर्ष अनुरुप आज अपरान्ह महाराजगन्जस्थित काँग्रेस सभापति सुशील कोइराला निवासमा मधेसी मोर्चाका नेताहरुसंग मधेसको समस्या समाधान र संविधान संशोधनबारे छलफल भएको छ ।

छलफलमा काँग्रेस सभापति कोइराला, महामन्त्री प्रकाशमान सिंह, मुख्य सचेतक चीनकाजी श्रेष्ठ, काँग्रेस नेताहरू अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल र महेश आचार्य तथा मोर्चाको तर्फबाट सङ्घीय सामजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको थाहा भएको छ ।

काँग्रेस मोर्चाकोका नेतावीचको छलफल लगत्तै पुनः तराई–मधेसको समस्या समाधान र संविधान संशोधनबारे प्रमुख प्रतिपक्षी दल काँग्रेस, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताबीच कोइराला निवास महाराजगन्जमा हर्को छलफल भइरहेको बुझिएको छ ।