शनिबार, बैशाख ८, २०८१

एमाले नेतृत्वको गठबन्धन सरकार चौथौं पटक विस्तार,मन्त्रीमण्डल सदस्य सख्या ४० पुग्यो

काठमाडौै पौष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २५मा गठन भएको आफु नेतृत्वको गठबन्धन मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । प्रम ओलीले सरकार गठनको क्रममा सहयोग गरेका साना दलका तर्फबाट ४ जना नयाँ मन्त्री नियुक्त गर्दै कार्य विभाजन समेत गरेका kp_oli_pmछन । आज नियुक्त हुनुभएका चार मन्त्रीमा राप्रपाका दीपक बोहरालाइ श्रम तथा रोजगार , समाजवादी जनता पाटीका प्रेमबहादुर सिंहलाइ खानेपानी तथा सरसफाइ, नेपाल परिवार दलका एकनाथ ढकाललाइ बिना विभागीय र जनमुक्ति पार्टी(लोकतान्त्रिक)बाट शिवलाल थापालाइ विज्ञान तथा प्रविधि मन्त्रालयकोे जिम्मेवारी दिनु भएको छ ।

त्यस्तै कार्यभार पछि तोकिने गरी नेकपा एमालेबाट दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । त्यस्तै आज नव नियुक्त मन्त्रीहरुको आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ समेत गराउँने भएको छ । आजको मन्त्रीमण्डल विस्तार संगै ओली नेतृत्वको मन्त्रीमण्डल अव ४० सदस्य पुगेका छन् । जसमा उपप्रधानमन्त्री छ, जना मन्त्री २१जना , राज्यमन्त्री १० जना र सहायकमन्त्री दुई जना रहेका छन् ।

यसैगरि स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित भएको छ । रामजनम चौधरी स्वास्थ्य, शेरधन राई सूचना तथा सञ्चार, शान्ता मानवी शान्ति तथा पुनःनिर्माण र विश्वेन्द्र पासवान जनसङ्ख्या तथा वातावरणमन्त्रीमा रहनुभएको छ । स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित गरिएको छ ।