शुक्रबार, चैत्र १६, २०८०

एमालेको स्थायी कमिटी बैठक: दलीय सहमति अनुरुप संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौ मार्ग १८, नेकपा एमालेको स्थायी कमिटीको आज बसेको बैठकले मधेसमा देखिएको समस्या समाधान गर्न सीमाङ्कन सम्बन्धमा उठिरहेका विभिन्न आवाज सम्बोधन गर्नको लागि समाधान सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघिल्लो सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान UMLसंशोधन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । प्रमुख तीन दलको छलफलका आधारमा एमालेले सो निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गर्दै सीमानाकामा जारी अवरोध कारण दैनिक जनजीवनमा परेको कठिनाइ र समस्यालाई सहज बनाउन तीव्र गतिले वैकल्पिक विकल्प अवलम्बन गर्न सरकारको ध्यानाकर्षण मिेत गराएको छ ।

त्यस्तै बैठकले मङ्सिर २१ र २२ गते चितवनमा पार्टीको विशेष राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय सहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई नीति, अनुसन्धान प्रतिष्ठानको प्रमुख, नेता माधवकुमार नेतालाई विदेश विभाग प्रमुख, सचिव भीम आचार्यलाई पूर्वाञ्चल संयोजकको जिम्मेवारी दिने निर्णय गर्नुका साथै पूर्व सभामुख सुवास नेम्बाङलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरी स्थायी कमिटी सदस्यको समेत जिम्मेवारी दिएको छ ।