बिहिबार, बैशाख १३, २०८१

एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्दै, अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँने

काठमाडौं मार्ग १७, एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी मुख्यालय पेरिस डाँडामा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल downloadप्रचण्डले गत मङलवार प्रस्तुत गरेको २७ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै पार्टीको कार्यदिशा र मधेसी मोर्चाले उठाएका मागको समस्या समाधानमा पार्टीको धारणा तय गर्ने बताईएको छ।  एमाओवादी सम्वद्धस्रोतका अनुसार आजको छलफलमा अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले भनाई राख्दै नितिगत निष्कर्षका पहिचान गरिने बताईएको छ । त्यस्तै मङलवारको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको वर्तमान राजनीतिक अवस्था र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नुको विकल्प नभएको ठहर गर्दै आगामी कार्यदिशा पल्यिाउँनुको साथै पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि गर्ने भनिएको आग्रहका सवालमा अभिमत बनाउँन बुधबारको समय प्रदान गरिएअनुरुप आजको बैठक बस्न लागेको हो ।