शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीको केन्द्रीय समितिको बैठक: अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेताहरुले धारणा राख्दै

काठमाडौं मार्ग १८, गत मङ्गलबारबाट सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठक आज जारी रहने भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने बताइएको छ । आजको  बैठक मध्यान्न १२ बजेपछि सुरु हुने बताईएको छ । विहिवारको बैठकमा downloadबोल्ने केन्द्रीय सदस्यहरुले पूर्व नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछिको अवस्थालार्ई सम्हालेर अगाडि बढ्नुपर्नेमा आफ्नो अभिमत प्रकट गर्दै संविधान निर्माणपछि त्यसको सहज कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएको बुझिएको छ ।
त्यस्तै १० वर्षे जनयुद्ध र संविधानसभाबाट संविधान जारी हुनु राजनीतिकरुपमा पार्टीले लिएको लाइन सफल भएको भन्दै आजको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले संविधान संशोधन गर्दै मधेस आन्दोलन लगायतका अन्य समस्याको सम्बोधन गर्नु पर्ने नितिगत निष्कर्षको पहिचान गर्ने तयारी रहेको बताइएको छ ।