बिहिबार, बैशाख १३, २०८१

यस्तो छ एनसेलभित्र भारतीय नागरिक सोमाको दबदबा र संस्थागत भ्रष्टाचारको खुलासा

काठमाडौं  मार्ग २९,  ठुला लाई चेन साना लाइ एन भन्ने भनाइ नेपाली समाजमा मात्र नभई ठुल ठुला बहुराष्ट्रिय कम्पनीमा पनि लागु भएको देखियो। बिगत ३ महिना देखि नेपाली दुरसंचार कम्पनी एनसेल भित्रको एउटा यस्तै घटनाले आम नेपाली जनमानस लाई अचम्मित बनाएको छ । प्रसंग हो तत्कालिन स्पाइस नेपाल हाल को एनसेल कम्पनीको कस्टमर डिर्पाटमेन्टमा निर्देशकको रुपमा कार्यरत सोमा थापा र उनको अंगीकृत नागरिता प्रकरण ।

a b c d e fप्राप्त समाचारमा उल्लेख भएअनुसार अंगीकृत नागरिकता लिएकी इन्डियन लाई बचाउने हर प्रयास एनसेल व्यवस्थापनले सुरुगरेसंगै भकिएको यो प्रकरण्मा एक पछि अर्को गर्दै नयाँ नयाँ रहस्यको खुलासा हुँदै आइरहेका छन ।  इंडियाको कोलकत्ता इस्तिस बुर्ताला कोलकाता ७०००००६ भन्ने ठाउँ मा रबिन्द्र नाथदत्तको परिवारमा जन्मेकी सोमा थापाले भारतीय नागरिकता हुँदैको अवस्थामा मतदाता परिचय WB /  २१/१४१/१६२२५१ भारतको नागरिकता नत्यागी नेपाली नागरिक युबराज थापा संग बिहे गरेको कागजात पेश गर्दै पर्साबाट २०७२/०६ /०६ मा २१२१ क्रम संख्या भएको अंगीकृत नागरिता लिएपछि विवाद छताछुल्ल भएको हो ।  समाचारमा उल्लेख भएअनुसार पर्सा निवासी युबराज थापा संग बिहे गरि नेपाल आएकी सोमाले इंडिया मै छदा इन्डियन नागरिताको आधारमा  र पछि युबराज थापासंग बिहे गरेपछि पर्सा बाट २०७२/०६/०६ मा २१२१ क्रम संख्या भएको अंगीकृत नागरिता लिएको उल्लेख रहेको छ ।

सोमाको दोहरो नागरिकता प्रकरणको सवालमा सबै कुरा थाहा हुँदाहुँदै एनसेल म्यानेजमन्टले सोमा थापाको बचाउ गरिरहनुले आशंका उब्जाएको मात्र नभइ बिभिन्न मितिमा जिल्ला प्रसासन् कार्यलय, अपराध महासाखा बाट प्राप्त पत्रलाई समेत व्येवास्ता गर्दै एनसेल व्यवस्थापनले भ्रष्टाचार र अनियमिततामा मुछिएका कर्मचारीहरुको बचाउ गर्न थालेको उल्लेख गरिएको छ । त्यतिमात्र नभएर कम्पनीले दोहोरो नागरिकता लिनु अपराध हो भन्ने थाहा हुँदाहुँदै दोहोरा नागरिकताधारीलाई कारवाही गर्नुको सट्टामा उनलाई संरक्षण गर्नुले घटनाक्रमलाइ झनै रङगीन बनाएको छ । त्यस्तै प्रस्तुत प्रकरणको कारण एनसेलमा मौलाउँदै गरेको संस्थागत भ्रष्टाचार समेत छताछुल्ल भएको छ । एनसेल सेन्टरको प्रयोजनार्थ लिइन घर भाडामा समेत कर छल्ले देखि अनेकन शिषर्कमा भ्रष्टाचार हुने गरेको त्यहाँ कार्यरत कमचारीहरुले बताएको प्रसंग कोड गर्दै हामीलाइ प्राप्त समाचारमा एनसेलले जिल्ला प्रसासन् कार्यलय र अपराध महाशाखा बाट प्राप्त पत्र लाई हल्ला को संज्ञा सोमा थापा प्रकरणमा थापाको बचाउ गर्नु आर्फमा शंकासपद भएको बताएका छन । यहासम्म की एनसेललाई यसअघि जिल्ला प्रसासन् कार्यालय र अपराध महासाखा बाट दोहोरो नागरिता को बिषयमा पत्र प्राप्त भए पछि इन्डियन राजदुताबास यर्थात विवरण माग गर्दै काठेको पत्रको प्रतिउत्तरमा भारतीय राजदुताबासले पनि २२।९।२०१५ मा दिदै सोमा इन्डियन नागरिक हुन् भन्ने कुरा उल्लेख गरेको छ । तर एनसेलले भने थापाको नागरिकताको विषयमा कम्पनीको कुनै प्रतिक्रिया नरहेको भन्दै उनले पेश गरेको नेपाली नागरिकताका आधारमा कम्पनीमा काम गर्दै आएको जनाएको छ। कम्पनीद्धारा जारी वक्तव्यमा नागरिकताको कुरा थापाको निजी विषय हो भन्दै उनको नागरिकता वैधानिक हो होइन भनेर प्रश्न गर्ने ठाउँमा कम्पनी नरहेको स्पष्ट पारेको छ।

यसैवीच सोमा जसरी भए पनि आफ्नो नागरिकता प्रकरणको मुद्दा मिलाउने खेलमा लागेकी छन्। उनी कहिले बिरामी बिदा त कहिले बेतलबी बिदामा बस्दै आएको स्रोतको दावी रहेको छ । स्रोतका अनुसार सोमा बिदा लिएर भारत गएकी थिइन । र त्यसपछि एनसेलभित्रको भ्रष्टाचार काण्डमा मुछिएकी दोहोरो नागरिकताधारी सोमा दत्त थापाले भारतीय दूतावासबाट समेत दुई थरी पत्र लेखाएकी छिन् । एउटा पत्रमा सोमा भारतीय मतदाता भएको जनाइएको छ भने त्यसपछि लेखिएको अर्को पत्रमा आफ्नो कर्तुतहरु लुकाउनका निम्ति ढाकछोप हुने खालको चिठ्ठी तयार गर्न लगाएकी छिन् ।

आफ्नो जागिर बचादिनु पर्यो भन्दै हारगुहार गर्न दूतावास पुगेकी सोमाले केही साता अघिमात्र कलकत्तामा भोटर कार्ड खारेजीको लागि प्रक्रिया अगाडि बढाएको उनी निकटस्थले लाइ समाचारमा उदृत गरिएको छ आखिर के हो त भित्रि कुरा सोमा र एनसेलको । सोमालाइ किन कारबाही गर्न सकी रहेको छैन एनसेलले दोहोरो नागरिताधारि लाइ। यति आरोप कुनै तल्लो तहको कर्मचारी लै लागेको भए एनसेलले कुनै न कुनै किसिम को कारबाही गरिसकेको हुँन्थ्यो भन्दै एक कर्मचारीले भने तल्लो तहका कर्मचारीले सानो गल्ती गर्दा तत्कालै कारवाही हुन्छ, माथिल्लो तहका कर्मचारीले जघन्य अपराध गर्दा पनि संरक्षण हुन्छ भने एनसेल व्यवस्थापन कसरी सञ्चालित भइरहेको छ भन्ने प्रष्ट हुँने उल्लेख गरिएको छ । त्यस्तै एक कर्मचारी भन्छन– ठूला मिडियालाई विज्ञापन दिएर मुख बन्द गरिएको छ, उनीहरु कोही बोल्दैनन् भनेर जे पनि गर्न नािइने तर्क गर्दै भने हाल मात्रै सरकार बाट धेरै कर तिर्ने कम्पनीको पुरस्कार पाएको कम्पनीलेनै देशको नियम कानुन मान्दैन भने एनसेल नेपाल कै लागि भन्नु आफैमा व्यर्थ तर्क भएको जिकिर गरेका छन ।