शुक्रबार, चैत्र १६, २०८०

उपप्रधान तथा परराष्ट्रमन्त्री थापा ५ दिने चीन भ्रमणपछि आज स्वदेश फर्के

नौं वटा नाका सञ्चालन गर्न चीन सकारात्मक भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको जिकिर

चीनले नेपाललाई १० मिलियन आरएमबी बराबरको इन्धन सहयोग दिने

काठमाडौं पौष १४, नेपाल सरकारका उपतथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने चीन भ्रमणपछि आज स्वदेश फर्केका छन । पाँच दिने चीन भ्रमणको क्रममा नेपाल र चीनबीच इन्धन सम्झौताको मार्ग प्रसस्त भएको बताउँनु भएको छ । आज स्वदेस फर्कने क्रममा काठमाडौंको maxresdefaultत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले आफू इन्धन सम्झौताका लागि चीन नगएको स्पष्ट पार्दै नेपालसँगको नौं वटा नाका सञ्चालन गर्न चीन सकारात्मक भएको जिकिर गर्नु भएको छ । त्यसमध्य पनि भिनले तातोपानी नाका सञ्चालनलाई पहिलो प्राथमिकता दिएको जानकारी दिनुभएको छ ।

त्यस्तै उपप्रम थापाले कुराकानीको दौरान चीनले नेपाललाई १० मिलियन आरएमबी बराबरको इन्धन सहयोग दिने प्रतिबद्धता जनाएको बताउँदै चिन सरकार नेपालको नाकासम्म रेल ल्याउने चिनियाँ योजना रहेको भन्दै नेपालभित्रै पनि रेल सञ्चालन गर्न चीनले सहयोग गर्ने आश्वासन दिएको बताउँनु भएको छ ।