बुधबार, बैशाख १२, २०८१

आयोगको प्रमुख आयुक्तमा डा.यादव सिफारिस , दुई आयुक्तको सिफारिसमा कुरा मिलेन

काठमाडौँ मार्ग २२ , आज बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त रहेको प्रमुख आयुक्त पदका लागि यसअघि कावा आयुक्तको Ayodhi-Prasad-Yadav जिम्मेवारी सम्हाल्दै आएका अयोधीप्रसाद यादवलाई सिफारिस गरिएको छ । यसअघि नीलकण्ठ उप्रेती नेतृत्वको आयोगमा यादव आयुक्त हुनुहुन्थ्यो । उप्रेतीले अवकाश पाएपछि आयोग प्रमुख पद रिक्त थियो ।
बैठकले प्रमुख आयुक्तमा यादवको सिफारिस गरेपनि रिक्त रहेको दुई आयुक्तको पदमा भने कुनै पनि सिफारिस गर्न सकेन । यादवको सिफारिससंगै अव संसदिय सुनुवाईको क्रम सुरु गरिनेछ । संसदिय सुनुवाई समितिले अनुमोदन गरेपछि उहाँ प्रमुख निर्वाचन आयुक्त हुनुहुनेछ ।