बिहिबार, चैत्र १५, २०८०

आन्दोलन र नाकाबन्दीको यथाशीघ्र समाधान खोज्न सरकारलाई आयोगको आग्रह

 काठमाडौ पौष १३, मधेसमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन समस्या परेकाले वार्ता र संवादको माध्यमबाट NHRC_Nepal_Interacts_with_Home_Minister_on_HR_Issuesयथाशीघ्र समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । लामो समयदेखि मधेसमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको भन्दै आयोगले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा  आयोगले लामो समयदेखि जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिकीमा समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ । सोहीअनुरूप आयोगले बुधबार गृहमन्त्री शक्ति बस्नेतलाई भेट गरी तत्काल समस्या समाधान गर्न आग्रह पनि गरेको उल्लेख गर्दै नागरिकको अभिभावकको रूपमा मानव अधिकारको सम्मान, संरक्षण र परिपालन गर्नमा राज्यले अझ बढी गम्भीर भूमिका निर्वाह गर्न मागसमेत गरेको छ ।