बिहिबार, बैशाख १३, २०८१

आज १ देखि २५ लटसम्मका दुइ पाङग्रे सवारीसाधनलाइ इन्धन वितरण गरिदै

काठमाडौं मार्ग २२ , नेपाल आयल निगमले आज दुइ पाङग्रे सवारीसाधन अर्थात मोटरसाइकल र स्कुटरलाइ लट अनुसार आज इन्धन वितरण गर्ने भएको छ । आज निगमले १ देखि २५ लटसम्मका मोटरसाइकल र स्कुटरलाइ इन्धन वितरण गर्ने जनाएको छ । त्यस्तै निगमले यस अघि सार्वजनिक गरेको सूचना अनुरुप तेलको लाइनप्रत्येक मोटरसाइकललाई चार लिटरका दरले पेट्रोल उपलब्ध गराउने भएको छ ।

जसअनुसार २६ देखि ४० लटसम्म मार्ग २४ गते, ४१ देखि ५५ सम्म मार्ग २६ गते र ५६ लटभन्दा माथिकालाई २८ गते पेट्रोल उपलब्ध गराइनेछ । इन्धन वितरणमा सहज होस् भनेर दिन बिराएर बिहान ९ बजेबाट नै इन्धन वितरण गर्न तयारी गरेको जनाएको छ । २६ गते पछि नीजि कार तथा जीपहरुलाई पनि व्यवस्थित तरिकाले इन्धन वितरण गरिने निगमले जनाएको छ ।  त्यसपछि जिप र कारलाइ पनि इन्धन उपलब्ध गराउँने निगमले जनाएको छ ।