शनिबार, बैशाख ८, २०८१

आज हुँने भनिएको त्रिपक्षीया वार्ता स्थगन,साझा धारणा बनाउन प्रमुख दलको बैठक बिहीबार बस्ने,मोर्चासंग ठोस वार्ताको लागि नयाँ मिति तय गरिने

काठमाडौ मार्ग १६, मुलुकमा जारी मधेस आन्दोलनको सम्बोधनको लागि भन्दै गठबन्धन सत्तारुढदल, आन्दोलित रहदै आएको संयुक्त लोकतान्त्रिक मधेसी images-25मोर्चा र प्रमुख प्रतिपक्षीदल नेपाली काँगेस सहितको आज साँझ ६ बजेको लागि निर्धारित निर्णायक त्रिपक्षीय वार्ता स्थगित भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६ बजेका लागि तय भएको प्रस्तुत वार्ता आज नहुने प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । मधेसी मोर्चाको ११ बुँदे मागका विषयमा काँग्रेस एमाले र एमाओवादीवीच साझा धारणा तय नभएको र मोर्चाका शीर्ष नेताहरु आमसभामा व्यस्त भएका कारण आजको वार्ता स्थगित भएको बताईएको छ । त्यस्तै निर्णायक वार्ताको सवालमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक बस्ने र प्रस्तुत बैठकबाट प्राप्त अवधारणा सहित वार्ताको नयाँ मिति तय गर्दै मोर्चासंग वार्ता गरिने सम्वद्धस्रोतले जनाएको छ ।