शुक्रबार, बैशाख ७, २०८१

आज योमह्री पूर्णिमा र धान्य पूर्णिमा मनाइदै

काठमाडौ पौष १०,  आज मार्गशुक्ल पूर्णिमा अर्थात आज मुलुकभर धान्यपूर्णिमा चाड मनाइँदै छ। नेवार समुदायले भने यस चाडलाई योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्। आजका दिन विशेषगरि भकारीमा भरेको धान कम नहोस् अर्थात सधै the-pnp-media-yomariधनधान्यपूर्ण होस् भनी मनाइने भएकाले यस चाडलाई धान्यपूर्णिमा भन्ने गरिएको हो। त्यस्तै आजको दिन बिहान सबेरै उठेर तिल र चाकु प्रयोग गरी चामलको पीठोको योमरी पकाएर खाने गरिन्छ ।

त्यसैगरी पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ।  ज्यापु दिवसको अवसरमा  आज राजधानीमा  ज्यापु समूदायले  विभिन्न झाँकीसहित  आफ्नो कला संस्कृतिको प्रदर्शन गर्ने कार्यक्रम राखेको  छ ।