शुक्रबार, बैशाख ७, २०८१

आज पितृको आत्माको चीरशान्तिको कामना सहित बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौ मार्ग २४,  आज पितृको आत्माले चीरशान्ति पाओस् भन्ने कामना गर्दै शिवालयहरूमा विहानदेखिनै  शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइँदैछ। त्यसो Captureत बुधवार साँझदेखिनै पाशुपत क्षेत्रमा अर्थात त्रयोदशीका दिन दिवंगतका नाममा बत्ती बाल्दै दिप दान गर्ने परम्परा समेत रहिआएको छ । साँझ बत्ती बाली रातभर जाग्राम बसेर चतुर्दशीका दिन बिहानदेखि शतबीज छर्ने भक्तजनहरुको ठूलै घुइचो रहेको थियो ।
आजको दिन सबेरै बागमती नदीमा स्नान गरी पशुपति क्षेत्रका कैलाशडाँडा, श्लेषमान्तक वन, गुह्येश्वरी, गौरीघाटलगायतका क्षेत्रमा शतबीज छर्नाले पितृहरूले मुक्ति पाउने धार्मिक विश्वास रहि आएकोछ ।
धार्मिक ग्रन्थका अनुसार शिवपार्वतीको प्रणयलीला पनि यो पर्वमा जोडिएको पाइन्छ। जसअनुसार प्रणयलीलाका क्रममा भगवान् भोलेशंकरले मृगको रूप धारण गरी श्लेषमान्तक वन र आसपासका क्षेत्रमा विचरण गरेका थिए। सोही क्षेत्रलाई पुण्य भूमि मान्दै दिवंगतका नाममा धान, गहुँ, जौ, मुगी, मास, केरा, स्याउ, सुन्तला, सखरखण्ड, पिँडालु, काँक्रा, मूला आदि सय किसिमका अन्न र फलफूल मिसाई शतबीजका रूपमा छर्ने गरिन्छ।