शुक्रबार, चैत्र १६, २०८०

आज तमू गुरुङ समुदायले आफ्नो महान् चाड ल्होछार विभिन्न कार्यक्रम सहित मनाउँदै

 राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरुद्दारा शुभकामना व्यक्त

 काठमाडौं पौष १५, आज तमू गुरुङ समुदायले आफ्नो महान् चाड ल्होछार विभिन्न कार्यक्रमको आयोजना सहित मनाउँदै छन । त्यसोत गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प वर्षलाई बिदाइ गरी घोडा वर्षलाई स्वागत गर्दै मनाइने तमू ल्होछारका pokhara-lhosar-349x218_cकार्यक्रमहरू केहि दिन अघिनै भएको हो । ल्होछार मूल आयोजक समितिका अनुसार ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेल लगायत गुरुङ समुदायको बसोबास भएका विभिन्न स्थानमा गुरुङ समुदाय अन्र्तगत नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले आफ्नो धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै नयाँ वर्षका रूपमा ल्होछार पर्व मनाईरहेका छन ।

त्यसैगरि ल्होछारका सम्बन्धमा प्राप्त जनाकारी अनुसार ल्होछार कहिलेबाट सुरु भयो भन्नेबारे कुनै पनि प्रामाणिक स्रोत नभएको भए पनि मुख्य गरिकन कालीगण्डकी र बुढीगण्डकीको बीचमा बसोबास गर्ने तमु समुदायको सँस्कृतिका रुपमा गुरुङहरुले अनादि कालदेखि यस परम्परा सुरुवात गरेको विश्वास सहित ल्होछारलाई प्राकृतिक नियमसँग सम्बन्धित अर्थाथ सौर्यमन्डलको गतिअनुरुप मनाईने एक महत्वपूर्ण पर्वका रुपमा मनाउँने गरेको सरस्वती क्याम्पसका सह प्राध्यापक नारायण गुरुङले बताउँनु भएको छ । उहाँका अनुसार पुस १५ गतेबाट पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा फर्कने भएकाले त्यही दिनदेखि गुरुङहरुको नयाँ वर्ष प्रारम्भ हुने बताउँनु भयो । ।

यसैबीच ल्होछारको अवसरमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताउनुभएको छ । साथै उहाँले सन्देशमा ‘सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक छ । यस पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई समृद्ध मुलुकको रचना गर्न सकियोस् भन्दै तमु ल्होछार पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकाना व्यक्त गरेका छन् ।

यसैगरी ल्होसारको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायद्वारा मनाइने तमु ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले आफ्नो सन्देशमा पर्वको माध्यमबाट विभिन्न समुदायका नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र सौहार्दता झनै व्यापक र विस्तार हुनुका साथै देश विकासमा योगदानका लागि सम्पूर्ण नेपालीमा थप उत्साह र उमङ्ग ल्याओस् भन्दै जारी गर्नु भएको विज्ञप्तिमा तमु ल्होच्छारको खुसियालीपूर्र्ण अवसरमा देशविदेशमा बस्नु हुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताउँदै प्रस्तुत पर्वले संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैवीच नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आज एक विज्ञप्तिमा जारी गरी गुरुङ समुदायको पर्व ‘तमु ल्होच्छार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गर्नुभएको छ । भने काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि विज्ञप्तिमार्फत गुरुङ समुदायको पर्व ‘तमु ल्होच्छार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गर्नुभएको छ ।

यसैगरी, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेत्री सुजाता कोइराला, तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो सन्देशमा तमु ल्होसारको उपलक्ष्यमा देश विदेशमा रहनुभएका समस्त गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ ।