शुक्रबार, बैशाख ७, २०८१

आजको संसद बैठकमा मधेसवादी दलको विरोधका वाजुद पनि संविधान संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौ पौष ८, व्यवस्थापिका संसदको आज बसेको बैठकमा मधेसवादी दलको विरोधका बाबजुद पनि संविधान संशोधनको प्रस्तावले प्रवेश पाएकोे छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद Nepal_consitisuion_476584254पाण्डेयले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसरी आज प्रस्तुत प्रस्ताव उपर आगामी पौष १२ गते आइतबारबाट छलफल प्रारम्भ हुने सभामुख ओनसरी घर्तीमगरलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ । त्यस्तै आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ प समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘पोखरा स्वास्थ्य विज्ञान प्र��िष्ठान विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पनि पेस गर्नुभएको थियो ।

यसैवीच व्यवस्थापिका–संसद्ले विवाह पञ्चमीका दिन जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेको छ । बैठक प्रारम्भ भएदेखिनै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले रोष्टम घेराउका साथ सदन चलुन्जेल लगातार नाराबाजी गर्नुभएको थियो । संसदको अर्काे बैठक आगामी आइतबार अपराह्न १ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930