शुक्रबार, चैत्र १६, २०८०

अन्तर्राष्ट्रिय विमानस्थल आसपासका अनाधिकृतरुपमा बनेका घर भत्काइँदै

काठमाडौँ पौष  ९,    काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दक्षिण तर्फको का.म.पा. ३५ वडा अन्तर्गत निर्माण गरिएका केही भवनहरुको कारण हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै आगामी हप्तादेखि विमानस्थल आसपासका चार वटा घरको तला थप्ने र अनाधिकृतरुपमा बनेका विमानस्थल छेउका ३५ वडाका छ वटा घरको एकदेखि पाँच मिटरसम्म बनाईएका घरहरु Algen Uml 2-9भत्काइने भएको छ ।

कामपाका अनुसार संवेदनशील क्षेत्रमा निर्माण गरिएका भत्काउन पर्ने भनी पहिचान गरिएका भवनहरुको प्राविधिक समितिबाट स्थलगत निरिक्षण गरी नक्सा पास गरी बनाए/नबनाएको र नक्सा पास गरी बनाएको भए सो विपरित निर्माण गरिएका संरचनाहरुको एकिन प्रतिवेदनपेश गर्न मिति २०७२/८/१५ गते का.म.पा. वोर्डद्वारा ईन्जिनीयर श्री बीर बहादुर खड्का संयोजकमा गठित , ई श्री ऋषिराम पुडासैनी र ३५ वडा कार्यालयका प्राविधिक कर्मचारी सदस्य रहेको प्राविधिक समितिको प्रतिवेदनको आधारमा प्रस्तुत अभियान सुरु गर्न लागिएको बताइएको छ ।

कुन-कुन घरहरु भत्किदैछ त? जान्नको लागि यहाँक्लिक गर्नुहोला  ।