बिहिबार, बैशाख १३, २०८१

अख्तियारले विमानस्थलमा मौलाएको विकृतिको अनुगमन गर्ने

 

काठमाडौ मार्ग २८ ,त्रिभूवन विनास्थलमा सेवाग्राहीले असुविधा व्येहोर्नुपरेको चर्को गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जुरमुराएको छ । विमानस्थलमा मौलाएको विकृति प्रति सेवाग्राहीले गरेको गुनासोका आधारमा अख्तियारले आगामी पौष १ गतेदेखि एक महिनासम्म निरन्तर अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।
downloadयसअघि पनि विमानस्थलमा रहेका निकायबाट सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधाको उचित प्रबन्ध नमिलाएको त्यस्तै विमानस्थलमा हुँने गरेको अनियमितता र लापरवाही लगायतका समस्याहरुको सम्वोधन गर्न अख्तियारले ध्यानाकर्षण गराउँदा पनि विमानस्थल प्रशासनले नजर अन्दाज गरेको भन्दै यस पटक आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आयोगले अनुगमन गर्न लागेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका अनियमितता र लापर्बाही लगायत समस्याको अनुभूति हुने गरी सम्बोधन भएको नदेखिएकाले नियमित रुपमा दैनिक दुई समूहले अनुगमन गर्न लागेको र यसवीचमा विमानस्थलमा आगन्तुकले व्यहोर्नुपरिरहेको कठिनाइ, पिउने पानीको सहज अनुपलब्धता, ‘ग्राउन्ड ह्यान्डलिङ’मा रहेको बेथिति, कर्मचारीको आचरण तथा व्यवहारसम्बन्धी समस्या, सुरक्षामा लापर्बाही, विमानस्थलबाट हुन सक्ने तस्करी, शौचालय सहित सरसफाइमा हेलचेक्य्राइँ, अनियमितता र भन्सार तथा अध्यागमनको सेवा प्रवाहमा कमजोरी अझै विद्यमान रहेको भन्दै  थप अनुगमन गर्नुपरेको आयोगले जनाएको छ ।