मङ्लबार, बैशाख ११, २०८१

अख्तियारद्वारा पूर्वमन्त्री पराजुलीबाट फजुल खर्च असुल

काठमाडौ पौष १, पूर्वमन्त्री हरिप्रसाद पराजुलीले आफ्ना छोरा गीर्वाणविक्रम पराजुलीलाई अवैधरुपमा ग अष्ट्रेलिया भ्रमणमा पठाएका सम्बन्धमा आयोगमा download (7)परेको उजुरीको छानवीन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री पराजुली बाट े पदको दुरुपयोग गरी गैरकानुनी रुपमा खर्च गरेको रकम असुल गरेको छ ।
आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पूर्वमन्त्री पराजुलीले आफँै मन्त्रिस्तरीय निर्णय गरी वनकटवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाँकेमा सेयर सदस्य रहेका आफ्ना छोरालाई दुग्ध विकास संस्थानको खर्चमा अष्ट्रेलिया भ्रमणमा पठाएको तथ्य फेला परेको जनाएको छ । साथै विज्ञप्तिमादुग्ध विकास संस्थानले व्यहारिएको फजुल खर्च रु दुई लाख ६० हजार आयोगको निर्देशनपछि असुल गरिएको जनाइएको छ ।