बिहिबार, बैशाख १३, २०८१

अखिल (क्रान्तिकारी) ले शैक्षिक अधिकार र सामाजिक सद्भावका लागि देशव्यापी विद्यार्थी अभियान सञ्चालन गर्ने

काठमाडौ मार्ग १६, एमाओवादीका भातृ संङगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजीविका र सामाजिक सद्भावका लागि देशव्यापी एक महिने विद्यार्थी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

9314462ab734057a40f35e9c463abdb7सङ्गठनले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत आइतवार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै अभियानकै एक अङ्गका रुपमा मधेस जागरण अभियान सञ्चालन गर्नुको अलावा क्रान्तिकारी विद्यार्थी सङ्गठनबीच एकता र ध्रुवीकरणको लागि वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाउँने निर्णय गरेको जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविलगायत सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई दबाब सिर्जना गर्ने कार्यक्रमको सञ्चालन गर्ने निर्णय सहित नयाँशक्तिको नाममा बिचलित र बहिगर्मित २६ सदस्यलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरिएको उल्लेख गरिएको छ ।