शुक्रबार, असार १७, २०७९

युवासँग रवीन्द्रको काव्य विमर्श

  • माधव अधिकारी

काठमाडौँ  पौष ११,बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले शनिबार युवाहरुसँग काव्य विमर्श गरेका छन् ।विमर्श नेपाल र चैतन्य Bimarshama_Rabindra_Mishra[1]इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले करीब दुई घन्टा आफ्ना प्रकाशित र अप्रकाशित कविता सुनाए ।उनले पाप,आज राती बाह्र बजे,क्रान्ति,म पत्रकार हुँ लगायतका एक दर्जन कविता सुनाए ।पत्रकारिता आफ्नो पेशा भएपनि सहित्य साधनामा कवितालाई नै मुख्य विधा बनाएको उनले बताए ।  उत्साहित मुद्रामा देखिएका मिश्रका  कविता युवाहरुले निकै रुचिपूर्वक सुनेका थिए ।भूकम्प,आमा लगायतका अप्रकाशित कविता आफ्नो आगामी कृतिमा समेटिने जानकारी उनले दिए ।कार्यक्रममा कवि तथा समालोचक महेश पौड्यालले मिश्रका कविता शक्तिशाली रहेको बताउदै धन्यवाद दिए ।

विमर्श नेपालका अध्यक्ष किरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रज्ज्वल अधिकारीले गरेका थिए ।समारोहमा चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले स्वागत मन्तब्य राखेका थिए ।विमर्श नेपालले आफ्नो मासिक साहित्यक श्रृङ्खाला अन्तर्गत पहिलो कार्यक्रममा मिश्रलाई आमन्त्रण गरेको थियो ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930