काठमाडौ पौष १२, मेधसी मोर्चाले आज बसेको बैठकले मधेसी, आदिवासी÷जनजाति थारु, दलित, महिला, मुस्लिम, उत्पीडित, तथा सिमान्तकृत समुदायमाथिको शोषण, उत्पीडन, दमन र विभेद्का विरुद्ध मधेस र थरुहटमा जारी आन्दोलनमा सरकारका तर्फबाट दमन हुँदै आएको निष्कर्ष सहित शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न पाउनुपर्ने माग गरेको छ ।
त्यस्तै बैठकले पौष ११ गते विराटनगर नाकामा धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको भन्दै मोर्चाले सरकारको यसकिसिमको दमनको निन्दा गर्दै घटनाको न्यायिक छानबिन गरी दोषिमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ ।