काठमाडौ मार्ग २०, भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको सहज आपुर्ति हुँन नसककिरहेको अवस्थामा एकातर्फ इन्धनको कालोबजारी र अर्को तर्फ निगमले इन्धन पर्याप्त भएर पनि वितरण नगरिएको भन्दै निगमको चर्को आलोचना भएपछि नेपाल आयल निगमले दुइ पाङग्रे सवारी साधन अर्थात मोटर साइकललाई लटअनुसार प्रत्येक मोटरसाइकललाई चार लिटरका दरले पेट्रोल उपलब्ध गराउने भएको छ । जसअनुसार आउँने मङगलवार निगमले एक देखि २५ लटसम्मकालाई साधनलाइ २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै २६ देखि ४० लटसम्म मार्ग २४ गते, ४१ देखि ५५ सम्म मार्ग २६ गते र ५६ लटभन्दा माथिकालाई २८ गते पेट्रोल उपलब्ध गराइनेछ । इन्धन वितरणमा सहज होस् भनेर दिन बिराएर बिहान ९ बजेबाट नै इन्धन वितरण गर्न तयारी गरेको जनाउँदै त्यसपछि जिप र कारलाइ पनि इन्धन उपलब्ध गराउँने निगमले जनाएको छ ।