काठमाडौं मार्ग २४, नेपाल प्रस युनियन महोत्तरीका शाखा अध्यक्ष कमलेश मण्डललाई मातृशोक परेको छ । एभिन्यूज’ टेलिभिजन, ‘राजधानी’ र ‘जनकपुर टुडे’ दैनिक पत्रिकाका महोत्तरी संवाददाता तथा ‘महोत्तरी साप्ताहिक’का प्रकाशक÷सम्पादक मण्डलकी आमा दानादेवीको ८५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । यसैक्रममा नेपाल प्रेस युनियन केन्द्रीय सकितिको तर्फबाट महासचिव अजय बाबु शिवाकोटीले आज एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय दानादेवीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शाखा अध्यक्ष कमलेश मण्डल एवम् शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।