काठमाडौ मार्ग २६,नेपाल प्रहरीले आज काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका तण्डुकाुरले एक हजारको नेपाली नक्कली नोट लिएर भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएको अवस्थामा एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ । त्यस्तै पक्राउ परेका तण्डुकारसंग आवश्यक सोधपुछ सहितको अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।