काठमाडौ पौष ५ , प्रेस चौतारी नेपालको ८औं राष्ट्रिय महाधिवेशन आगामी चैत ४, ५ र ६ गते हुने भएको छ । चौतारीको केन्द्रीय कमिटीको आज यहाँ सम्पन्न ५ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । यसअघि चौतारीको सातौँ महाधिवेशन २०६९ फागुन २५, २६ र २७ मा विराटनगरमा सम्पन्न भएको थियो ।