काठमाडौं मार्ग १५ , कान्तिपुर दैनिकले मंगलबारको सम्पादकीयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडित राहत खर्च अनियमितताको भयावह तस्बिर सार्वजनिक गरेको तर दुर्भाग्य, दुरुपयोगमा संलग्न दोषी पहिचान गरी मुद्दा दायर गर्ने मामलामा भने अख्तियार चुकेको समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर दैनिक पत्रिकालाई पित पत्रकारिता गरेको आरोप लगाएको छ।
अख्तियारले मंगलबार प्रकाशित ‘भूमिका भुल्दै अख्तियार‘ शीर्षकको सम्पादकीयलाई लिएर आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो आरोप लगाएको हो ।
त्यस्तै आज आयोगको आफ्नो आधिकारिक वेभसाइटमा अति भो कान्तिपुरको पित पत्रकारिता शीर्षकमा खण्डन गर्दै आयोगले कान्तिपुरले प्रकाशन गरेको सो सम्पादकीय भ्रामक, दुराशयपूर्ण र एउटा संवैधानिक निकायको प्रतिष्ठा अवमूल्यन गर्ने रोगी मनोविज्ञानबाट अभिप्रेरित रहेको आरोप लगाएको छ।
कान्तिपुर दैनिकले यसअघि आयोग र आयोग प्रमुख आयुक्त विरुद्ध झुठा, काल्पनिक र मनोगत निष्कर्षम आधारित समाचार र विचारका आधारमा शिलशिलेवार धावा बोल्दै आएको पनि आयोगले उल्लेख गरेको छ।
आयोगले भनेको छ ‘आयोगविरुद्ध झुठा र भ्रममा आधारित कान्तिपुरको शिलशिलेवार शब्दाक्रमण के व्यवसायिक पत्रकारिता होरु के कलम र छापा मञ्चको दम्भको आधारमा असत्यलाई बलात सत्यापित गर्ने प्रयत्न आफैंमा अपराध होइनरु कान्तिपुरका यी सबै हर्कतलाई आयोगले सदा आफ्नो स्मृतिमा राखेको जनाएको छ ।