बिहिबार, चैत्र १५, २०८०

२७ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौ कात्तिक २५,  भारतको केरलामा आगामी डिसेम्बर २३ देखि सञ्चालन हुँने आसन्न साफ च्याम्पियनसीप प्रतियोगिताका प्रारम्भिक २७ सदस्यीय नेपाली anfa-logo-finalराष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
बन्द प्रशिक्षणमा रहेका ३९ जना खेलाडि मध्येबाट मुख्य प्रशिक्षक प्याट्रिक उस्सेम्सले आज राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । घोषित टोलीमा क्रमस अनिल गुरुङ, कर्ण लिम्बू, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट, नवीन लामा र टङ्क बस्नेत योगेश गुरुङ, विशाल राई, विक्रम लामा, शिव श्रेष्ठ, राजेन्द्र रावल, हेमन गुरुङ, रोहित चन्द, जगजीत श्रेष्ठ, अजित भण्डारी, विराज महर्जन  त्यसैगरी, आदित्य चौधरी, अनन्त तामाङ, जीतेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जीत धिमाल, किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी रहेका छन ।

टोलीमा म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउपछि धरौटीमा छुटेका निवर्तमान कप्तान सागर थापासहितका खेलाडीलाई भने समावेश गरिएको छैन । मुद्दाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।