शुक्रबार, बैशाख १४, २०८१

स्वर्ग जाने भ-याङ हैन, नेपाल फेर्ने बाटो बनाएरै छाड्ने प्रम ओलीको प्रतिवद्धता

काठमाडौ कात्तिक २२, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक विशेष कार्यक्रमका वीत हिमशिखर टेलिभिजनको काठमाडौँ कर्पोरेट अफिसको उद्घाटन गर्दै अहिलेको परिस्थितिमा सामाजिक सद्भाव कायम गर्दै मुलुकलाई सकेसम्म आत्मनिर्भर बनाउने बाटोतर्फ अगाडि बढ्नु आवश्यक रहेका बताउनुभएको छ । त्यस 11219531_1488275704808234_6817707250563548146_nअवसरमा प्रधानमन्त्री ओलीले मुलकमा भारतीय पक्षबाट जारी नाकाबन्दी र मधेसमा जारी आन्दोलनले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसले कसैलाई पनि फाइदा नहुने भन्दै आन्दोलनकारीका जायज मागलाई सम्बोधन गर्न सरकार लचिलो रहेकाले सहमतिमा आउन आग्रह पनि गर्नु भएको थियो ।

त्यस्तै सम्बोधनकै क्रममा उहाँले अव धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भ-याङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोडने प्रतिवद्धता व्यक्त गर्दै ग्यासका चुलाभन्दा पनि बिजुलीका चुलातर्फ लाग्नुपर्छ, भन्दै मुलुकलाई एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाएरै छाड्ने अठोट व्यक्त गर्नु भएको थियो । साथै नेपाल कुनै पनि हालतमा भारत विरोधी होइनौँ, सरकार भारतको विरोधी होइन त्यस्तो सोच्न पनि सकिन्न । यसअर्थमा पनि म भारतीय सरकारलाई आग्रह गर्न चाहन्छु, भन्दै आत्मीय र मैत्रीपूर्ण भावना राख्ने नेपाली जनताक��� मर्मलाई तपार्इंहरूले बुझिदिनुस्, नेपाललाई ग्यास र इन्धन उपलब्ध गराइदिन आग्रह गर्दै प्रेस तथा प्रकाशन स्वतन्त्रताको हकको प्रयोग गरी सञ्चारमाध्यमले स्वतन्त्र, सुरक्षित र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्नु सम्वद्ध पक्षलाइ आग्रह गनुए भएको थियो ।

त्यस्तै कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले सबै जाति, समुदाय र वर्गको हक अधिकारलाई सम्बोधन गरेकाले यसको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँनु भएको थियो भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले संविधान जारी गर्न सहमति गरेका राजनीतिक शक्तिहरू फेरि पनि एक ठाउँमा उभिनु आवश्यक रहेको बताउँनु भएको थियो । त्यस्तै गरि टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने र प्रबन्ध निर्देशक रामकुमार बस्नेतले हिमशिखर टेलिभिजन विविध चुनौतीलाई पार गर्दै राष्ट्रिय प्रसारणको पहँुचमा पुगेको भन्दै अझ जिम्मेवारीका साथ अघि बढ्ने बताउनुभएको थियो ।