शनिबार, बैशाख ८, २०८१

सूर्य उपासनाको एक विशेष पर्व

काठमाडौं कात्तिक ३० ,सूर्य उपासनाको एक विशेष पर्वका रुपमा लिइएको छठ पर्व अन्र्तगत आजको दिन मुलत व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो पुजा कोठामा नयाँ चुल्हो स्थापना गरी सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई अपर्ण गर्दै चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । त्यस्तै गरि मङ्गलबार अस्ताउँदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिदै छठ पर्व समापन गरिन्छ ।